Rule 49
बाल सुधार गृह सञ्चालनको लागि व्यवस्थापन सम्झौता गर्न सक्ने
(१) मन्त्रालयले नेपाल सरकारको स्वीकृति लिई नेपाल सरकारले स्थापना वा सञ्चालन गरेका बाल सुधार गृहको सञ्चालनको जिम्मेवारी प्रचलित कानून बमोजिम दर्ता भएको कुनै संस्थालाई व्यवस्थापन_करार गरी दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिम व्यवस्थापन करार गर्ने संस्थाको योग्यता र शर्त नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।